Daily Archives: 25/05/2021

३१ वर्षपछि अलग-अलग


झापा विद्रोहयता माले हुँदै अघि बढेको पाँच दशकको राजनीतिक यात्रामा आधा समयभन्दा बढी पार्टीको नेतृत्व गरेर प्रधानमन्त्रीसमेत भइसकेका खनाल र नेपाल एमालेबाट निष्कासित
बिनु सुवेदी
thumbकाठमाडौँ — एमालेको कार्यदलमा रहेका नेताहरू आइतबार मध्यरातिसम्म पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने छलफलमै थिए । राजधानीको एक होटलमा करिब २ घण्टा भएको वार्तामा तय भएका विषयवस्तुअनुसार सोमबार दिउँसो १२ बजे कार्यदलका सदस्यहरूले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने तय भएको थियो । तर त्यस्तो सहमति गरेकामध्ये घनश्याम भुसाल र सुरेन्द्र पाण्डे प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्न गएपछि ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाए । उनले आइतबारै नेता माधवकुमार नेपालसँगको सम्बन्ध ‘पास्ट टेन्स’ भइसकेको बताउँदै कारबाही गर्ने संकेत दिएका थिए । तर राति कार्यदलका सदस्यहरूको बैठकमा सहमतिको सम्भावना खोज्ने र मध्यमार्गी बाटो पहिल्याउने निधो भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

स्वास्थ्य संकटकाल लगाउने तयारी


मकर श्रेष्ठ, स्वरूप आचार्य
काठमाडौँ — कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । ‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ उनले सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा भने । मन्त्रालयले अहिलेको अवस्था विश्लेषण गर्दा संक्रमण घट्न अझै चार साता लाग्ने अनुमान गरेको छ । स्वास्थ्य मापदण्ड अझ कडाइका साथ पालना गरेर संक्रमण न्यून गर्न पनि संकटकालको प्रस्ताव अघि बढाएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पुष्टि गरे । संक्रमित हुने दर अझै ३६ प्रतिशतभन्दा तल झरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्