Daily Archives: 24/05/2021

नागरिकता प्राप्तिको गाठो अध्यादेशले यसरी फुकायो


अब जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने, मधेसमा खुशीयाली
काठमाडौं : जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन्। सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन्। मन्‍त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ। जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधन गर्ने क्रममा सरकारले यो अध्यादेश जारी गरेको जस्तो देखिए पनि यो व्यवस्थाबाट नागरिकताबाट बञ्चित हजारौं नेपाली लाभान्वित हुनेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

कसरी जाँदै छन् विपक्षी सांसदहरू सर्वोच्च अदालत ?


प्रतिनिधिसभा विघटनको विरोधमा रहेका दल र सांसदहरूले वैकल्पिक सरकार बन्ने सम्भावना लत्याइएको भन्दै विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश गर्न माग गरेका छन् ।
कृष्ण ज्ञवाली
काठमाडौँ — प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका प्रमुख दलसम्बद्ध सांसदले बहुमत सांसदहरू प्रधानमन्त्री पदका दाबेदार शेरबहादुर देउवाको पक्षमा रहेको दाबीसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने भएका छन् । विपक्षी दलका नेतासमेत रहेका देउवाको नेतृत्वमा प्रमुख दलका शीर्ष नेतासहित सबै सांसद सर्वोच्च अदालतमा उपस्थित भएर निवेदन बुझाउने तयारी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीवार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको पदमा दाबी गर्न आह्वान गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै देउवाले पनि दाबेदारी प्रस्तुत गरेका थिए । देउवाले आफ्नो साथमा १४९ जना सांसदहरूको हस्ताक्षर पेस गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की


काठमाडौँ — झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् । प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ टेलिफोनमा प्रसाईंले भनेका छन् । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् । गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिएको सुवेदीले कान्तिपुरसित बताए । ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका छन्,’ उनले भने । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्