Daily Archives: 23/05/2021

संसद् ब्यूँताउन पाँच दलका शीर्ष नेतासहित १४९ सांसदहरू सर्वोच्च जाँदै


काठमाडौ: प्रधानमन्‍त्री केपी ओलीले मध्यरातमा गरेको संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्‍त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेतासहित १४९ सांसदहरू आइतबार सर्वोच्च अदालत जाँदैछन्। बहुमत सांसदहरूले विघटन खारेज गरेर संसद् ब्यूँताउनका लागि अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नेछन्। कानुन व्यवसायीहरूले पनि संसद् विघटनविरुद्ध रिट दायार गर्दैछन्। संसद्‌मा रहेका पाँच दलले संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेअनुसार सर्वोच्चमा गएका हुन्।संसद् भवन नयाँ बानेश्‍वरमा शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकले संसद विघटनविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलले संयुक्त वक्तव्य निकालेर राष्ट्रपति र प्रधानमन्‍त्री दुवैले संविधान मिचेर संसद्को हत्या गरेको बताएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन हुन सक्ला ?


निर्वाचन आयोगको सरकारलाई आग्रह– ‘कोरोना नियन्त्रण र राजनीतिक वातावरण नभए चुनाव गराउन गाह्रो हुनेछ’
अहिलेको परिस्थिति चुनावको अनुकूल छैन । तर घोषणा भइसक्यो । अब सबै सरोकारवाला चुनावी वातावरण बनाउनमा लाग्नु नै उपयुक्त हुन्छ । नभए मुलुक अर्को संवैधानिक जटिलतामा फस्नेछ । – दोलखबहादुर गुरुङ,पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त
राजेश मिश्र
काठमाडौँ — कोरोनाको दोस्रो लहरबाट आममानिस धेरै प्रभावित भएका बेला मुलुकमा चुनाव घोषणा भएको छ । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र मध्यावधि निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर घोषित चुनाव निर्धारित समयमा गर्न चुनौती पनि छन् । कोरोना संक्रमण नियन्त्रण आएन भने चुनावको मुख्य बाधक नै यही महामारी हुन सक्नेछ । त्यसबाहेक मध्यावधि निर्वाचनलाई लिएर राजनीतिक दलहरू एकमत छैनन् । विपक्षी दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भनेका छन् । कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाले संयुक्त रूपमै त्यसविरुद्ध राजनीतिक र कानुनी लडाइँमा जाने जनाएका छन् । मध्यावधि निर्वाचनलाई लिएर दलहरू ध्रुवीकृत हुनु चुनावको अर्को प्रमुख चुनौती हो । पढ्नेक्रम जारी राख्नुहोस्