Daily Archives: 19/05/2021

काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते


हरि शर्मा
bus-3-accident-1_20210519035254परासी : दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाईते भएका छन् ।
काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज बिहान ७ बजे खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षीय धनराज घर्ती रहेका छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भइरहेको छ । बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त


आश गुरुङ
thumbलमजुङ — लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् । बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरोकार समाज कुवेत नेपालले सेनिटाईजर र मास्क संकलन अभियान संचालन गर्दै।


कुबेत नेपालडटकम

187021808_4309983355700137_6959824433119868771_nहामी संसारको जुनसुकै कुनामा रहेपनी हाम्रो मन त नेपाली नै हो र यस्तो कहाली लाग्दो अवस्थामा हामी कहिल्यै पनि चुपालागेर बस्न सक्दैनौ।तर्सथ कोभिड-१९ को महामरिले जन्मभुमी नेपाल आक्रान्त बनेको कुरा हजुरलाई सर्वबिदितै छ। यो कठिन घडिमा मातृभुमी नेपालमा हाम्रा बुवाआमाहरु/दाजुभाई दिदिबहिनिहरु केही गर्न नसके पनि केही गरौ भनी कुबेतमा पनि नेपाल कुवेत सरोकार समाजले सेनिटाईजर र मास्क संकलन अभियान संचालन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्