Daily Archives: 17/05/2021

केही नेताको विभाजनकारी सोचले नेकपा एकीकरण निष्कर्षमा पुग्न सकेन : ओली


काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको दाबी गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार वक्तव्य जारी गर्दै ओलीले नेकपालाई स्थापित गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रयास सफल हुन नदिइएको जनाएका छन् । ‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो,’ वक्तव्यमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’ पढ्नेक्रम जारी राख्नुहोस्