काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन’bout छलफल गर्न पदाधिकारीको बैठक बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाइएको हो। मंगलबार दिउँसो ३ बजे कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको देउवाका प्रमुख स्वकीय सचिवमा भानु देउवाले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। उनका अनुसार नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रम’bout छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/05/2021
नयाँ सरकार गठन’bout छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
Posted in समाचार
अहिलेको अवस्थामा जसपा सरकारमा जाँदा मधेश आन्दोलनको मर्म र भावनाप्रतिकुल हुन्छ : ठाकुर
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको प्रतिक्रिया आएको हो । केन्द्रीय अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताप्राप्तिभन्दा पनि एजेन्डाको सम्बोधनको विषयमा केन्द्रित भएको बताएका छन् । उनले जसपा नेपाल केपी शर्मा ओली नेतृत्वको सरकार र वैकल्पिक सरकार दुवैमा सहभागी नहुने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार