चीनबाट अक्सिजन सिलिण्डर ल्याउने प्रक्रिया अन्तिम चरणमा,२० हजार तत्काल ल्याइने


6091135fe784f_oxygen_cylenderछेटु शेर्पा
काठमाडौं, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भएपछि अन्य मुलुकबाट सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे छि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम अघि बढाएको छ।

सङ्क्रमितको ग्राफ दैनिकजसो बढ्दो क्रममा रहेपछि अक्सिजन सिलिण्डर अभाव हुन नदिन भन्दै मन्त्रालयले सोमबार नै चिनियाँ दुतावासलाई सिलिण्डरमा हुनुपर्ने विवरण र भल्व लागयतका बनावटको ’bout जानकारी गराई सकेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । हामीले जानकारी दिइसकेका छौ सोही अनुसार चीनले नेपाललाई मिल्ने प्रकारका सिलिण्डर उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ केही दिनमानै सिलिण्डर नेपाल आउने उहाँले जानकारी दिनुभयो ।

अक्सिजनको उत्पादन नेपालमै पर्याप्त भए पनि सिलिण्डर अभावले गर्दा सङ्क्रमित विरामीहरुले अक्सिजन खान पाएका छैनन् । प्रवक्ता गौतमका अनुसार चीनबाट प्राप्त हुनसाथ १८ हजार स्थलमार्ग र दुई हजार सिलिण्डर हवाइमार्ग मार्फत ल्याउने तयारी थालेको समेत जानकारी दिनुभयो । सोमबार बसेको मन्त्रिपरिषद्ले अन्यदेशबाट ५० हजार अक्सिजनका खाली सिलिण्डर फास्ट ट्रेकबाट खरिद गर्ने निर्णय गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.