हवाई उडान बन्दसँगै वैदेशिक रोजगार ठप्प


9N-AKW-Sagarmatha-Nepal-Airlinesकाठमाडौं : आगामी बिहीबारदेखि वैदेशिक रोजगार ठप्प हुने भएको छ । सरकारले वैशाख २३ गते लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने कामदार रोकिने भएका हुन् ।

सरकारले राजधानीमा लगाएको निषेधाज्ञा आदेशको अवस्थामा वैदेशिक रोजगारमा जाने नरोकिने बताएको थियो । तर आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सरकारको यसअघिको वैदेशिक रोजगारमा जान नरोकिने निर्णय अर्थहीन बन्न पुगेको छ । नेपाली कामदारका गन्तव्य मुलुक खासगरी साउद, कतार, यूएईलगायतका देशमा अर्थतन्त्रले लय पक्रिँदा विदेशी कामदारको माग बढेपछि पछिल्ला दिनमा वैदेशिक रोजगारले मध्यम गतिमा भएपनि लय समाउन थालेको थियो ।

सरकारले नेपाल र भारतबीच सातामा दुई वटा मात्रै उडान कायम राख्ने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयले वैदेशिक रोजगारीमा जाने सम्पूर्ण तयारी पूरा गरेका कामदार समस्यामा परेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । वैदेशिक रोजगारमा जाने अधिकांश कामदारले फिर्ता नहुने सस्तो टिकट लिएका कारण उनीहरु समस्यामा पर्ने बताइएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदर मात्र नभई वैदेशिक रोजगारीबाट घर फर्किनेहरु पनि समस्या पर्ने देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा अस्थायी प्रतिबन्ध लगाएपछि स्वदेश फर्किने कामदारहरु दबाबमा रहेको र हवाई टिकट पनि महंगिएको बताइएको छ ।

यस पटकको उडान प्रतिबन्ध वैशाख मसान्तसम्म कायम रहने बताइएको छ । तर नेपालमा अस्वभाविकरुपमा बढेको कोरोना संक्रमितहरुको संख्याले अवस्था सामान्य हुन केही समय लाग्न सक्ने आंकलन गरिएको छ । यसअघि २०७६ चैत ९ गतेबाट रोकिएको नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुन २०७७ भदौ १७ सम्म पर्खिनु परेको थियो । त्यो पनि नियमित नभई चार्टर्ड उडानबाट हवाई उडान शुरु गर्दा कम आय भएका कामदार मर्कामा पर्ने गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.