माधव निकट सांसद समिना हुसेनको घोषणा : गुटगत राजनीतिमा छैन, पार्टीको मूलधारमै छु


samina-husen-uml-janatatimes-768x408काठमाडौं, बैशाख २१ । सत्तारुढ नेकपा एमालेकी सांसद समिना हुसेनले आफू पार्टीको मुलधारमै रहने प्रतिवद्धतासहित बरिष्ठ नेता माधवकुमार नेपालको गुटमा नलागेको प्रष्ट पार्नुभएको छ । पार्टीले केही समय पहिला सोधेको स्पष्टिकरणको जवाफ दिँदै प्रतिनिधिसभा सदस्य हुसेनले भन्नुभएको छ, ‘म गुटगत राजनीतिमा लागेको छैन, पार्टीको मूलधारमै छु ।’ एमालेले माधवकुमार नेपालको गुटमा लागेर पार्टीहित विपरित काम गरेको भन्दै सोधिएको स्पष्टिकरणको जवाफमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

उहाँलाई ‘नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको थियो । म यस्तो गतिविधिमा लागेको कुनै प्रमाण नै छैन । म पार्टीका कार्यक्रममा मात्र सहभागी छु । समानान्तर कमिटीमा पनि बसेकी छैन, गुटका कार्यक्रममा पनि गएकी छैन,’ समीनाको भनाई छ, ‘म एमालेको पक्षमा हो, गुटसुट केही पनि चिन्दिन, अपवाद बाहेक पार्टीका सबै कार्यक्रममा सहभागी छु, संसदीय दलको सबै बैठकमा उपस्थित भएकी छु ।’

पार्टीको विधान विपरित कुनै गतिविधि आफूले नगरेको सांसद समीनाको भनाई छ । ‘पार्टीले जारी गरेका सबै निर्देशन पालना गरेकी छु, मुख्य कुरा भनेको पार्टी हो, पार्टीको हित विपरित गएको एउटा पनि प्रमाण भए म कारवाही सहन तयार छु’– उहाँले भन्नुभयो । पार्टी जोगाउन सबै नेता कार्यकर्ताहरुले एक ठाउँमा उभिनुपर्ने समीनाको भनाई छ । सबैले एकढिक्का भएर पार्टीलाई पुरानै अवस्थामा ल्याउनुपर्ने उहाँले बताउनुभयो । त्यस अघि एमालेले २७ जना सांसद्लाई स्पष्टिकरण सोधेको थियो ।

एमालेबाट निलम्बित नेता नेपालले सांसद हुसेनलाई आफ्नो सवैभन्दा बफादार कार्यकर्ता रहेको बताउँदै आउनु भएको थियो । तर सांसद हुसेनले पार्टी भन्दा ठूलो अरु नहुने भन्दै मुलधारमै रहने प्रतिवद्धता जनाउनु भएको हो । गुटमा लागेको प्रष्ट हुने गरी स्पष्टिकरणको जवाफ दिने माधवकुमार नेपालसहित कैयन नेतालाई एमालेले कारवाही गरिसकेको छ । समीनाले भने गुट त्यागेको प्रष्ट सन्देश र संकेत हुने गरी जवाफ दिनुभएको छ । एमालेले उहाँको स्पष्टिकरणलाई चित्तबुझ्दो र आफूलाई सच्याएको रुपमा ग्रहण गरेको छ । सोही आधारमा हुसेनमाथि कार्वाही रोकिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.