झूटो विवरण र पैसा खुवाएर नागरिकता लिनेमा भारतीयसँगै भुटानी पनि
भत्ताकै लागि दोहोरो नागरिकता लिने बढी
शिव पुरी, सुनिता बराल, अवधेश झा, ओमप्रकाश ठाकुर
रौतहट, महोत्तरी, सप्तरी, सर्लाही — प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा झूटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा दर्जनौं भारतीयविरुद्ध उजुरी परेका छन् । गाउँमै नागरिकता टोली खटिएका बेला र प्रशासन कार्यालयबाटै पनि पैसा खुवाएर (आर्थिक लेनदेन) भारतीयले नेपाली नागरिकता लिने गरेका हुन् । त्यस्ता ‘नवनागरिक’ मध्ये केही आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ । भारतीयले नागरिकता लिएको भन्दै परेका कतिपय उजुरीको भने छानबिन भइरहेको र केही नागरिकता रद्द गर्न सिफारिस गरिएको प्रशासन कार्यालयहरूले दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मे 2021
‘नवनागरिक’ विरुद्ध उजुरीका चाङ
Posted in समाचार
इराकविरुद्ध नेपाल ६–२ गोलले पराजित
काठमाडौं : घरेलु टोली इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भएको छ। बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा पहिलो हाफमा इराकले ४–२ को अग्रता लिएको थियो। खेलको आठौं मिनेटमा इराकका अला अब्दुल खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। मनिष डाँगीले फल गरेपछि प्राप्त फ्रिकिकमा खासिन आफैले फ्रिकिक प्रहार गर्दै गोल गरेका थिए। त्यसलगत्तै इराकका डिफेन्डर अहमद इब्राहिम खलिफले आत्मघाती गोल गरेपछि नेपालले बराबरी गरेको थियो। अञ्जन विष्टले इराकी गोलरक्षक फहाद रहिमलाई बिट गर्दै प्रहार गरेको बललाई खलिफले बचाउने क्रममा आफ्नै पोस्ट्को जाली चुमाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
संविधानको मर्मविपरीत अध्यादेशबाट बजेट : मतदाता प्रभावित पार्न वितरण र छुटैछुट
कृष्ण आचार्य
काठमाडौँ — चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको बजेटमा बहुसंख्यक नागरिक, पेसा व्यवसाय र उद्योगी व्यवसायीलाई वितरण, छुट तथा सुविधा दिई निर्वाचनमा प्रभावित पार्ने कार्यक्रमहरू समेटिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा निवेदन प्रधानन्यायाधीशकै इजलासमा
काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् । दुईथरी निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरु जबराको इजलासमा परेका हुन् । संवैधानिक इजलासमा तोकिएका निवेदनहरुको पालो शुक्रबार आउनेछ । १९ वटा निवेदनमध्ये केहीमा सरकारलाई अनुकूल हुने निवेदनहरु पनि छन् । तिनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनुपर्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने मागसमेत छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेकपाकै पथमा जसपा
पछिल्ला गतिविधि र दुई अध्यक्षबाट एकअर्कालाई कारबाही गर्ने विज्ञप्तिबाजीले जसपाको आधिकारिकताको प्रश्न उठ्न थालिसकेको छ । यसको छिनोफानोको मुद्दा निर्वाचन आयोगतिरै सर्ने सम्भावना छ ।
प्रतिपक्षमा बस्ने समझदारी गरेर सबैभन्दा पहिला कांग्रेससँगको गठबन्धनमा उपेन्द्रजी नै जानुभयो । सहमति त्यहीं भत्कियो ।– शरतसिंह भण्डारी
विधान र प्रक्रिया आत्मसात् नगर्ने प्रवृत्तिका कारण समस्या भयो । अर्को पक्ष पार्टीको नीति–निर्देशनभन्दा बाहिरबाट चल्न थाल्यो । – रामसहायप्रसाद यादव
कुलचन्द्र न्यौपाने
काठमाडौँ — तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले २०७७ वैशाख १० गते मध्यरातमा एकता गर्दा एकीकृत जनता समाजवादी पार्टीको नेतृत्व कसले लिने भन्ने मुख्य विवाद थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समाजवादी पार्टी विभाजन गर्ने लक्ष्य राखेर अध्यादेश ल्याइदिएपछि त्यसको नेतृत्वमा रहेका उपेन्द्र यादव एकीकरणका लागि सबैभन्दा बढी दबाबमा थिए । पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने गरी अध्यादेशमार्फत कानुन संशोधन गरिएको थियो । आफ्नै दलका सात सांसदले पार्टी फुटाउन खुट्टा उचालिरहेका बेला यादवका लागि नेतृत्वको भन्दा पार्टी जोगाउने विषय त्यतिबेला महत्त्वपूर्ण बन्यो । नेतृत्वको विवाद थाती राखेरै बराबरी हैसियतमा एकता गर्ने सैद्धान्तिक सहमति जुटाएर मध्यरातमा पार्टी एकताको घोषणा गरियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सर्लाही सेवा समाज कुवेतद्धारा विपन्न ४० परिवारलाई खाद्यान्न सहयोग।

Posted in समाचार