Monthly Archives: अप्रील 2021

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय


काठमाडौँ — सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । उनले भने, ‘कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के-के पर्छन् भनेर पछि जानकारी हुनेछ ।’ त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  । पढ्नेक्रम जारी राख्नुहोस्

गृहमन्त्री थापाको सांसद पद गयो


काठमाडौँ — नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । थापालाई सांसदबाट हटाउन भनी माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । यससँगै थापाको गृहमन्त्रीको पद पनि गएको छ । थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु


नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र
corona-vaccine-1932020050534-1000x0काठमाडौँ — भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।
भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजारभन्दा बढी रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अलमुजैनीको रमादान अफर सुरु


poster-01-1रमादानको अवधि भित्र अनलाइन  मार्फत पैसा पठाउनुहोस, दैनिक आकर्षक पुरुस्कार जित्नुहोस !
अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहिहरुको लागी अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी विषेस आकर्षक पर्मोसन सुरु गरेको छ ! अनलाइन सेवा लिने ग्राहकहरु ले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन ! १०५ कुल विजेता,१५००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन ! यो अफरको अवधि अप्रिल १३,२०२१  देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ ! पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफम मा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ ! पढ्नेक्रम जारी राख्नुहोस्

एमसीसीलाई संसद्‍मा निर्णयार्थ प्रस्तुत गर्न माग गरिरहेका छौं : प्रधानमन्त्री


Kp-oli-650काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरेपनि रोकिएको बताएका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा असन्तुष्टि पोखेका हुन् । सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको उनको भनाइ थियो । ‘एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौं र त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन, गर्नैपर्ने हुन्छ तर संविधान नमान्ने जिद्दि गर्ने त्यो प्रवृत्ति हामी झेलिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने । पढ्नेक्रम जारी राख्नुहोस्

खेलाँचीले कोरोना जोखिम, भारतबाट फर्किने ५ प्रतिशतमा संक्रमण


भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो। तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन्। भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँै मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। प्रदेश १ मा त किनमेलकै लागि नेपाल–भारत आउजाउ चलिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्