Daily Archives: 21/04/2021

संक्रमित बढे, सतर्कता शून्य


सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन, संक्रमितको चाप धान्न गाह्रो हुने विज्ञको चेतावनी
जनकपुर — दिनदिनै कोरोना भाइरसको संक्रमित थपिँदै गए पनि प्रदेश २ का जिल्लामा स्वास्थ्य प्रोटोकल अपनाउन लापरबाही गरिएको छ । बजारमा भीडभाड बाक्लै छ । अनिवार्य गरिएका ठाउँमा मात्र मास्क लगाएको पाइन्छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन ।प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयअनुसार मंगलबार प्रदेशमा ९३ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पर्सामा सबभन्दा बढी ५९, बारामा १४, सप्तरीमा ३, रौतहटमा ६, सर्लाहीमा ३, धनुषा र महोत्तरीमा ३/३ जना संक्रमित थपिएका हुन् । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ५ सय ५४ छ । मंगलबार वीरगन्जमा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ५७ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या थियो । केही दिनअघि भारतबाट फर्किएका ती पुरुष उपचारार्थ चैत २९ गते भर्ना भएका थिए । २ सातायता संक्रमणबाट पर्सामा ६ जनाको मृत्यु भएको डा. दासले जानकारी दिए । ४ जनाको नारायणी अस्पतालमा २ जनाको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्