Daily Archives: 19/04/2021

राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य


President-26092017081233-1000x0काठमाडौं : सर्वोच्चको आदेशअनुसार डाकेको पुनर्स्थापित संसदको चालु अधिवेशन आजै अन्त्य हुने भएको छ। अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने र समापन गर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषद्को निर्णयपछि राषट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य भएको सूचना सभामुखलाई दिइसकेको छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

कोरोना -19 सङ्क्रम रोकथामका लागि उच्च सर्तकता अपनाउनुहुन नेपाली राजदूताबासको अनुरोध


175549135_3867870959915081_7140689680355001611_n

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय


काठमाडौँ — सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । उनले भने, ‘कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के-के पर्छन् भनेर पछि जानकारी हुनेछ ।’ त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  । पढ्नेक्रम जारी राख्नुहोस्