Daily Archives: 12/04/2021

खेलाँचीले कोरोना जोखिम, भारतबाट फर्किने ५ प्रतिशतमा संक्रमण


भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो। तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन्। भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँै मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। प्रदेश १ मा त किनमेलकै लागि नेपाल–भारत आउजाउ चलिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्