Daily Archives: 11/04/2021

बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान


भक्तपुर : भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । हिजो दिउँसो ४ बजेदेखि रथ तान्न सुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वलडाकुलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान


१० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई केन्द्रित गरेर सम्मान दिन लागिएको हो
मातृका दाहाल
काठमाडौँ — सरकारले २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने भएको छ । ‘अग्रगामी लोकतान्त्रिक परिवर्तन’ का लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता व्यक्तिका परिवार, द्वन्द्वपीडित, विस्थापित, अंगभंग भएका व्यक्ति, घाइते तथा पीडितलाई सम्मान गर्न लागिएको हो । खासगरी १० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई केन्द्रित गरेर सम्मान दिन लागिएको हो, जसको चाँजोपाँजो र सुरुवाती पहल गृहमन्त्री रामबहादुर थापाले गरेका थिए । त्यसपछि लोकतन्त्रका योद्धा सम्मानसम्बन्धी काम गर्न चैत पहिलो साता मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रमा र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने गरी ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति २०७७’ गठन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्