२४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् । माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ । सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने एक सांसदले बताए । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमाले बाहेक सबै दल एक ठाउँमा आउनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२ सांसद छन्, जसमध्ये एक नेत्रनाथ अधिकारी सभामुख छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/04/2021
प्रभु साह भन्छन् – सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय प्रतिगामी
२५ चैत, काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् । माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह)बाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो ।साहले बुधबार फेसबुकमा लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार