Daily Archives: 05/04/2021

‘राष्ट्रपतिले धारा त राख्नुभो, मैले कसरी प्यास मेटुँ ?’


रवीन्द्र घिमिरे
२३ चैत, काठमाडौं । ह्विलचियरमा हिंड्ने तेजबहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफूजस्तै अपाङ्गता भएका साथी भरतबहादुर कार्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी झरिरहेको धारा उद्घाटन गरेकी थिइन् ।

उनीहरुले धारामा फोटो खिच्नेहरुको भीड देखे । त्योसँगै मगरलाई अघिदेखि तिर्खा लागेको सम्झना भयो, तर धाराको पानी खान सकेनन् । अग्लो ठाउँमा राखिएको धाराको पानी खस्ने भागमा खाल्डो छ । त्यो होचो भागलाई करिब एक फिट अग्लो सिमेन्टको डिल लगाएर छेकिएको छ । त्यो डिल नाघेर ह्विलचियर लैजान मिल्दैन । त्यहाँबाट झर्न सिंढी ओर्लिनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी


विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो । यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए। उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए।

पढ्नेक्रम जारी राख्नुहोस्