काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरी सम्झाइ–बुझाइ गरिरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताए । ‘यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म हाम्रो प्रयास कारबाही नगरी सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस् भन्ने छ,’ उनले भने । बुधबार साँझ ओली र नेपालबीच करिब दुई घण्टा वार्ता भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अप्रील 2021
माधव नेपालहरू अर्को पार्टी खोलेर हिँड्दा पनि सम्झाइ–बुझाइ गरिरहेको छु : ओली
Posted in समाचार
भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु
एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो पहिलो पटक हो ।
काठमाडौँ — भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ८औं दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
संक्रमित बढे, सतर्कता शून्य
सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन, संक्रमितको चाप धान्न गाह्रो हुने विज्ञको चेतावनी
जनकपुर — दिनदिनै कोरोना भाइरसको संक्रमित थपिँदै गए पनि प्रदेश २ का जिल्लामा स्वास्थ्य प्रोटोकल अपनाउन लापरबाही गरिएको छ । बजारमा भीडभाड बाक्लै छ । अनिवार्य गरिएका ठाउँमा मात्र मास्क लगाएको पाइन्छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन ।प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयअनुसार मंगलबार प्रदेशमा ९३ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पर्सामा सबभन्दा बढी ५९, बारामा १४, सप्तरीमा ३, रौतहटमा ६, सर्लाहीमा ३, धनुषा र महोत्तरीमा ३/३ जना संक्रमित थपिएका हुन् । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ५ सय ५४ छ । मंगलबार वीरगन्जमा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ५७ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या थियो । केही दिनअघि भारतबाट फर्किएका ती पुरुष उपचारार्थ चैत २९ गते भर्ना भएका थिए । २ सातायता संक्रमणबाट पर्सामा ६ जनाको मृत्यु भएको डा. दासले जानकारी दिए । ४ जनाको नारायणी अस्पतालमा २ जनाको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
घुमाइफिराइ ‘ताजा जनादेश’
सुरेन्द्र काफ्ले
काठमाडौं : धेरैलाई चासो छ– राजनीति अब कता जान्छ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरो घुमेको राजनीतिको भविष्य धेरै हदसम्म उनकै निर्णयमा निर्भर छ। र, जिज्ञासा राख्नेहरूको प्रश्न यो पनि छ– प्रधानमन्त्रीले के गर्लान् ? एमाले महाधिवेशन आयोजक समितिको सोमबारको बैठकमा अध्यक्ष ओलीले ‘ताजा जनादेशमा तयार रहन’ कार्यकर्तालाई निर्देश गरे। उनको राजनीतिक प्रतिवेदन ‘चुनाव तयारीको दस्तावेज’सरह थियो। ‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ। तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन। यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन’, अध्यक्ष ओलीको प्रतिवेदनमा लेखिएको छ, ‘यस्तो विरोधाभासको विकल्प दुईवटा मात्रै हुन सक्छन्– कि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा नीतिमा आधारित दिगो समीकरण बनाउने र संसद्लाई सहज ढंगले चलाउने कि त ताजा जनादेशका लागि अगाडि बढ्ने।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य
काठमाडौं : सर्वोच्चको आदेशअनुसार डाकेको पुनर्स्थापित संसदको चालु अधिवेशन आजै अन्त्य हुने भएको छ। अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने र समापन गर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषद्को निर्णयपछि राषट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य भएको सूचना सभामुखलाई दिइसकेको छिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार