Daily Archives: 30/03/2021

जब रंगशालामा राष्ट्रिय फुटबल खेलाडीले भने, ‘केपी बा वी लभ यू…’


काठमाडौं : थ्री नेसन्स कपको उपाधि जितेसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक-पटक नारा लगाएका छन्। उपाधि समारोहमा सामूहिक तस्बिर खिचाउनेक्रममा खेलाडीले ‘केपी बा वी लभ यू’भन्दै नारा लगाएका हुन्। खेलाडीलाई हौसला बढाउन प्रधानमन्त्री ओली बंगलादेश र नेपालबीच भएको थ्री नेसन्स कपको फाइनल खेलमा प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा पुगेका थिए। घरेलु मैदानमा खेलाडीलाई शुभकामना दिन मैदानमा प्रवेश गर्न जाँदा र रेफ्रीलाई फाइनल ‘म्याच बल’ हस्तान्तरण गर्दादेखि नै हजारौँ दर्शकले प्रधानमन्त्री र खेलाडीलाई हुटिङ गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा पुनरावलोकन माग्दै दाहालसहितका नेता सर्वोच्च जाँदै


काठमाडौँ — नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गर्ने भएको छ । कानुन व्यवसायीसहित माओवादी केन्द्र मंगलबार बिहान सर्वोच्च अदालत जाने तयारीमा छ । कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले मंगलबार बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर अदालत जाने जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्