चीनले अनुदानमा दिएको कोरोना खोप आइपुग्यो काठमाडौं


काठमाडौं : चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसिवरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनले उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल एयर लाइन्सको विमानबाट काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् ।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप अनुदानमा उपलब्ध गराएको हो । खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइएको छ।

यसअघि अक्स्फोर्ड-एस्ट्राजेनकाले विकास गरेको र भारतीय कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले १० डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । सोही खोप नेपालले आपतकालिन प्रयोगमा ल्याइसकेको छ ।

चीनबाट प्राप्त खोप कसलाई र कहिलेदेखि लगाउन थाल्ने भन्ने विषयमा सरकारले चाँडै निर्णय गर्ने स्वाथ्यमन्त्री त्रिपाठीले बताए।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.