Daily Archives: 29/03/2021

चीनले अनुदानमा दिएको कोरोना खोप आइपुग्यो काठमाडौं


काठमाडौं : चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसिवरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनले उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल एयर लाइन्सको विमानबाट काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी


उपकरण जडान र परीक्षणका लागि विदेशी प्राविधिक आउनुपर्छ तर भिसा नीतिका कारण आउन पाएनन्
दीपक परियार
पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्