दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग खगेन्द्र भाट ज्यू को कृत्रिम खुट्टा हाल्नको लागी सुदुरपश्चिमेली नेपाली समाज कुबेतले सुरुगरेको सहयोग अभियान बाट जम्मा संकलित रकम रु 3,20000/ तिन लाख बिस हजार| सहयोग गरेका छन ।
सहयोग रकम सुदुर पश्चिमका जल्दा बल्दा यूवा ,मोडल गायक एवम पत्रकार मिलन बिष्ट ज्यू मार्फत हस्तान्तरण गरेको हो । कार्यक्रममा उपस्थित कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्प राज कुवर, बरिष्ठ देउडा कलाकार नरेन्द्र राज रेग्मी, कलाकार लाल ब. थापा, कलाकार पबित्रा भण्डारी त्यसैगरि मानवसेवा अाश्रमबाट सिद्ध राज पनेरु,ज्ञानु शाह ज्यू को उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो|
सहयोग रकम हस्तान्तरण कार्यक्रम मा बरिष्ट कलाकार ज्यूहरुले आफ्नु मार्मिक देउडा प्रस्तुति पनि राख्नु भएको थियो ।
उक्त कार्यक्रमको पुरा भिडियो हेर्नको लागी माथिको link मा गएर हेर्न सक्नु हुनेछ|