रविन भट्टराई
विराटनगर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबको सरकार गठनमा अहिले मौन बस्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस संविधान अनुकुल चल्ने भएकाले अहिलेको सरकार गठन र राजनीतिक भूमिकामा बोल्ने अवस्थामा नरहेको बताए । तपाईले प्रधानमन्त्री ओलीको हरेक कदममा साथ दिनुभयो, सरकार गठन वा अविश्वास प्रस्तावमा किन कांग्रेस बोल्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने ‘तपाईहरु अनेक प्रश्न गर्ने ?, हामी विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, मेरो कुरा यति हो, प्रश्न गर्नुभएकोमा धन्यवाद म हिडें ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/03/2021
देउवाले भने, ‘हामी विपक्षी पार्टी, सरकार गठनमा अहिले मौन बस्छौ’
Posted in नेपाल समाचार
बंगलादेशसँग ४ क्षेत्रमा सहकार्य गर्ने समझदारी
जगदीश्वर पाण्डे
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार नेपाल र बंगलादेशबीच चार क्षेत्रमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।दुई पक्षबीच पर्यटनमा सहकार्य, संस्कृति आदानप्रदान कार्यक्रममा सन् २०२२ देखि २०२५ सम्म सहकार्य, स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि) र बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले कान्तिपुरलाई बताए । राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी अब्दुल हमिदबीचको भेटवार्ताका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार