Daily Archives: 17/03/2021

प्रतिनिधिसभा फेरि विघटन गर्ने ओलीको चाहना


कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताद्वारा प्रतिवाद, जसपा नेता मौन, नेमकिपाबाट मात्रै समर्थन
चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रुपमा लिन भएन तर निर्वाचनमा जाने/नजाने तपाईंहरुले नै निर्णय गर्ने हो– विद्यादेवी भण्डारी, राष्ट्रपति
कुलचन्द्र न्यौपाने
काठमाडौँ — सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्