विष्णु घिमिरे
साउदी अरेबिया : साउदी अरेबियामा कोरोना भाइरसबाट ८९ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादका अनुसार ७३ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १६ जना गरी हालसम्म ८९ जनाको मृत्यु भएको हो। साउदीमा कोरोना भाइरस लगायत विभिन्न कारणले हालसम्म ३ सय ७४ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार मृत्यु २ सय ७० नेपालीका शवहरु पठाउनुको साथै १६ भन्दा बढी शव परिवारको सहमतिमा साउदीमा नै शनाखत गरिएको छ। बाँकी केही शव स्वदेश फिर्ता हुने क्रममा रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/03/2021
साउदीमा कोरोनाबाट ८९ नेपालीको मृत्यु
Posted in प्रवासी समाचार
‘नेताले ठूल्ठूला घर ठड्याए, हामी सधैं सडकछाप’
६५ वर्षीय रामबहादुरको शरीर जीर्ण बन्दै गएको छ तर हातमुख जोड्न उनलाई रिक्सा नकुदाई सुखै छैन
सीमा तामाङ, सुशीला तामाङ
काठमाडौँ — ठमेल सञ्चयकोष भवनबाट उत्तरतर्फको छेउमा उनी यात्रु पर्खिरहेका थिए । ‘तपाईंहरू कहाँसम्म पुग्नुपर्ने हो ?’ हामीलाई देख्नेबित्तिकै निकै उत्साहका साथ उनले सोधे । हामी यात्रु नभएको बताएपछि नुवाकोट त्रिशूलीका रिक्साचालक रामबहादुर तामाङ निराश भए । ‘१५ दिनदेखि एक रुपैयाँ पनि कमाइ भएको छैन । साह्रै अप्ठ्यारो भएको छ,’ उनले भावुक हुँदै भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध