नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले विदेशस्थित नेपाली जनसम्पर्क समितिका थप १० देशमा प्रतिष्ठानको शाखा प्रमुख मनोनयन गरेका छन्।
प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले कुबेर सिंह साइप्रस, शंकर डाँगी जर्मनी, अंकित ओली आयरल्याण्ड, मञ्जित राई कुवेत, नारायण चालिसे पोल्याण्डलाई प्रतिष्ठानको शाखा प्रमुखमा मनोनयन गरेका हुन्।
यसैगरी कलप्रसाद खनाल नर्बे, पुष्पराज भण्डारी स्पेन, नबराज रेग्मी स्वीडेन, सुबर्ण बिक्रम हमाल फ्रान्स, केदार जोशी बेल्जियम रहेका छन्। प्रतिष्ठानका प्रमुख निधिले यसअघि पहिलो चरणमा १६ देशमा प्रतिष्ठानको शाखा प्रमुख मनोनयन गरेका थिए।
जनसम्पर्क समिति रहेका बाँकी देशमा पनि छिट्टै प्रतिष्ठानका प्रमुख चयन गरिने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।
प्रतिष्ठानले यसअघि नै बिदेशस्थित नेपाली जनसम्पर्क समितिहरुसँग समन्वय गर्नका लागि गंगाधर गौतमलाई नियुक्त गरेको थियो।