Daily Archives: 07/03/2021

सर्वोच्चद्वारा आयोगको निर्णय बदर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम परिवर्तन गर्नुपर्ने


सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल
कृष्ण ज्ञवाली
काठमाडौँ — सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ । सर्वोच्च अदालतको यो फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल अनि महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ । नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यस’bout निर्णय गर्नुपर्नेछ । हालको अवस्थामा यसरी निर्णय हुनु करिब असम्भवजस्तै हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओलीले लगाए कोरोना खोप, दोस्रो चरणको अभियान सुरु


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उनले कोरोना खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरेका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि कोरोना खोप लगाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अविश्वास प्रस्ताव आए विफल पार्ने ओली समूहको रणनीति


राजीनामा नदिने, विश्वासको मत पनि नलिने संसदीय दलको निष्कर्ष
काठमाडौँ — नेकपा ओली समूहले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर अविश्वास प्रस्ताव विफल पार्ने रणनीति अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार हुने बैठकमा अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफू पक्षका सांसदहरूलाई सुनाएका थिए । ओलीले नेकपा दाहाल–नेपाल समूहका सांसद आफ्नो पक्षमा आउने दाबी गर्दै प्रतिनिधिसभामा अविश्वास प्रस्ताव आएमा डटेर सामना गर्ने जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्