Daily Archives: 02/03/2021

तानातानमा सांसद


दाहाल–नेपाल पक्षले सरकार बनेपछि मन्त्रीको आश्वासन दिने गरेका छन्, ओलीका तर्फबाट भने मन्त्री र पैसामध्ये एउटा रोज्न प्रस्ताव आउने गरेको सांसदहरु बताउँछन्
‘हाराहारीमा सांसद हुँदा जोडबल भई नै हाल्छ । ल है सहयोग गर्नुहोस् त भनिहालिन्छ नि !’
बिनु सुवेदी
काठमाडौँ — दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’ फोनकर्ताले ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, पढ्नेक्रम जारी राख्नुहोस्