राधा खनाल
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन्। ‘संसद् मुद्दा जितेर ल्याउनुभएको हो भने केपी ओलीलाई पनि हटाएर जितेर देखाउनुहोस्’, प्रधानमन्त्री ओलीले आइतबार झापामा भने, ‘केपी ओलीलाई हटाएर देखाउनुहोस्, फेरि ३ करोड जनताको मन र मत जितेर जनताको सेवा गर्न फर्किनेछु। मेरो टाउकामा जनताको हात आशीर्वादको रूपमा भइन्जेल म हार्दिनँ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/03/2021
मलाई हटाएर देखाउनुस् : प्रधानमन्त्री ओली
Posted in नेपाल समाचार
दल विभाजन विधेयक ल्याए ‘कांग्रेसले सघाउने’
संसद् अधिवेशन केही दिन चलाएर अन्त्य गरिदिने, त्यसपछि अध्यादेशकै रुपमा दल विभाजनसम्बन्धी कानुन ल्याउने प्रधानमन्त्री ओलीको संकेत
ओलीले पार्टी विभाजनको बाटो नलिएर संसदीय दल र संसद्मा अविश्वास प्रस्तावको सामना गर्ने विकल्प रोजेपछि वैकल्पिक सरकार निर्माणमै चुनौती
कुलचन्द्र न्यौपाने
काठमाडौँ — कांग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धकमा राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई आग्रह गरेको छ । वैधानिक रूपमा नेकपा विभाजन हुने/नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरणमा अन्योल बढ्दै गएको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रूपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ । ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धकमा राख्न मिल्दैन,’ कांग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘कि त मिलेरै अंशबन्डा गर्नुपर्यो । एउटै दल हुन नसक्ने अवस्था हो भने पहिलाकै अध्यादेशलाई प्रधानमन्त्रीले विधेयकका रूपमा संसद्मा ल्याउनुपर्छ । पारित गर्न हामी सहयोग गर्छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार