लण्डन । नेपाल पत्रकार महासंघ युरोपको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार भरर्चुअल मार्फत भएको अधिवेशनले ७ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रमा नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/02/2021
नेपाल पत्रकार महासंघ युरोपको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न
Posted in प्रवासी समाचार
विप्लव वार्तामा बस्न तयार
रामकृष्ण अधिकारी
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको छ। विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका हुन्। विप्लवका नेताले अनौपचारिक संवादका क्रममा वार्ता गर्न प्रतिबन्ध हटाइनुपर्ने, बन्दी नेता–कार्यकर्ता रिहाइ गरिनुपर्ने, औपचारिक पत्र पठाइनुपर्ने पूर्वसर्त राखेका थिए। सरकारले पूर्वसर्तमा लचिलो हुने संकेत देखाएपछि औपचारिक वार्ताको वातावरण बन्न लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
निर्वाचन आयोग जहाँको त्यहीं
न नेकपा विवाद सल्टियो, न चुनावी तयारी
राजेश मिश्र
काठमाडौँ — नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचनको तयारीका लागि १ सय २० दिनको समय कानुनले नै तोकेको छ । निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले योबीचको समयलाई उपयोग गर्न नसकेको हो । प्रारम्भमै टुंगिनुपर्ने मतदान केन्द्र र मतदाता नामावली समेत तयार भइसकेको छैन । आयोगले भने चुनाव घोषणा भएलगत्तै त्यस विषयमा काम थालिसकेको जनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार