अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाने भएका छन् । उनी केही बेरमै सर्वोच्च पुग्दै छन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनलाई पनि लिखित जवाफसहित आफैं उपस्थित हुन भन्ने आदेश न्यायाधीश शर्माको इजलासले दिएको थियो ।

अवहेलना मुद्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर सोमबार लिखित जवाफ दिएका छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.