Daily Archives: 18/02/2021

कुवैतमा ११२ साखाहरुबाट अलमुजैनी एक्सेचेन्जले नेपालमा रेमिट्यान्स विप्रेषण सेवा दिदै


प्रेस बिमोचन : Al Muzaini Exchange/अलमुजैनि एक्सचेन्ज कुवैतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवैत भरी ११२ साखाहरु बिस्तार गरेको छ ! जहाँ तपाइ त्यहाँ अलमुजैनि एक्स्चेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनि एक्सचेन्ज बिषेस योजना” को साथ कुवैत देखि ११२ साखा बाट नेपाली रेमिट्यान्स सेवा दिने लक्ष्य राखेको छ पढ्नेक्रम जारी राख्नुहोस्

अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाने भएका छन् । उनी केही बेरमै सर्वोच्च पुग्दै छन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

पक्राउ गरिएका किशोर नै अभियुक्त भन्ने विश्वास नलागेसम्म शव बुझ्दैनौं : भागरथीको परिवार


तृप्ति शाही
बैतडी — भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ । भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले बलात्कार गरी हत्या गरेको स्विकारेका छन् । दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्