Daily Archives: 16/02/2021

ओलीका तीन वर्षमा कामभन्दा कागजी प्रगति


सरकारका दैनन्दिन कामलाई पनि उपलब्धिका रूपमा व्याख्या
अघिल्ला सरकारका पालामा भएका कामको जस पनि आफैंलाई
विजय तिमल्सिना, विमल खतिवडा
काठमाडौँ — प्रतिनिधिसभा भंग गरी कार्यकाल सकिनु दुई वर्षअघि नै चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दैनन्दिन जिम्मेवारीलाई समेत समेटेर आफ्नो तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । सरकार गठन भएको तीन वर्ष पुगेको अवसर पारेर सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्निर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारका नियमित जिम्मेवारीलाई पनि उपलब्धिका रूपमा व्याख्या गरेका हुन् । २३ पृष्ठ लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले यसअघिकै सरकारका पालामा हुँदै आएका कामलाई पनि आफ्नो सरकारले पूरा गरेको जिम्मेवारी भनी जस लिएका छन् । आफ्नो सवा दुई घण्टा लामो मन्तव्यका क्रममा सरकार गठन भएपछि आर्थिक उपलब्धि सुनाउँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुने भन्दै १० प्रतिशत आर्थिक वृद्धि हासिल हुने सम्भावना रहेको दाबी गरे । पढ्नेक्रम जारी राख्नुहोस्