यम विरही/सुरेन्द्र काफ्ले
काठमाडौं : सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा अतिक्रमण प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका विषयमा भएको निर्णय फाइल झिकाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब जग्गा किर्ते विवादमा ‘प्रमाण बुझ्ने’ प्रयोजनका लागि निर्णय फाइल सर्वोच्चमा पेस गर्नुपर्नेछ। अख्तियारले फाइल पठाएपछि तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलगायत सार्वजनिक पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन सकिने वा नसकिने विषयको टुंगो लाग्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/02/2021
ललिता निवास जग्गा प्रकरण : सर्वोच्चले माग्यो नेपाल र भट्टराई’bout निर्णय
Posted in नेपाल समाचार
प्रधानमन्त्री ओलीको तीन वर्ष : शासन व्यवस्था नै जोखिममा
जुन जगमा टेकेर ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका थिए, तीन वर्षमा सबैभन्दा बढी त्यही जग धर्मराएको छ । संविधान, गणतन्त्र, धर्म निरपेक्षता, संघीयतालगायत पछिल्ला शासन व्यवस्थाका उपलब्धिमाथि सबैभन्दा बढी प्रश्न उनकै कारण उठेको छ ।
‘आई एम अ स्टेट’ भन्ने प्रवृत्ति हावी हुँदा ओलीले पार्टी र मुलुकलाई नै ध्वंसको बाटामा लगेका छन् । – राजेन्द्र महर्जन, विश्लेषक
कुलचन्द्र न्यौपाने
काठमाडौँ — २०७४ प्रतिनिधिसभा र प्रदेशसभाको जनमतका पछाडि मुख्यतः दुईवटा एजेन्डा प्रतिबिम्बित थिए– राजनीतिक स्थिरता र राष्ट्रियता । २०५२ सालदेखि पछिल्लो संविधान निर्माणको कालखण्डसम्म आइपुग्दा सरकार अदलबदलका फोहोरी खेलले राजनीति धेरै दूषित बनिसकेको थियो । सँगै त्यसले आर्थिक, सामाजिक क्षेत्रसमेत धुलीसात पारेको थियो । संविधानसभामार्फत बनेको संविधानअनुसार संघीय राज्य प्रणालीमा मुलुक प्रवेश गरिरहेका बेला आमनागरिकले बदलिँदो राजनीतिक व्यवस्थाप्रति ठूलै आशा र अपेक्षा राखेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार