खोप खरिदका लागि विश्व बैंकको ८ अर्ब ७० करोड सहुलियत ऋण दिने


स्वरूप आचार्य
काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ । विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । ‘विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्नसक्ने छन्,’ उनले कान्तिपुरले लेखेको इमेलको जवाफ दिँदै भने ।जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो ।

डा. पोखरेलले स्वास्थ्य मन्त्रालयले सिरमसँग प्रति डोज खोप ५ डलरभन्दा कममै खरिद गर्ने भएको हो । ‘हामीले सिरमले भारत सरकारलाई दिएकै मूल्यमा खरिद गर्न प्रस्ताव गरेका छौं । सिरमले थोरै माथि प्रस्ताव गरेको छ,’ उनले भने, ‘त्यसैले रकम ३ देखि ५ डलरको बीचमा नै हुन्छ ।’

उनका अनुसार सिरमले सुरुमा आफूले तोकेको नेपालको आधिकारी प्रतिनिधि हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक्सलाई लोकल एजेन्ट नियुक्त गरी खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । तर, मन्त्रालय भने कुनैपनि स्थितिमा अर्को पक्षलाई सामेल गराएर खोप खरिद गर्ने पक्षमा छैन । त्यसैले मन्त्रालयले हाल विश्व बैंकले दिने भनेको ऋण सहयोगबाट सिधै सिरमलाई आवश्यक रकम दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा भने सिरम पनि सहमत रहेको उनले बताए ।

‘सिरमसँग खोप खरिद गर्न केही रकम अगाडि नै भुक्तानी गर्नुपर्ने हुन्छ । तर हाम्रो खरिद कानुनले त्यसो गर्न दिँदैन,’ उनले भने,‘यसको गाँठो कसरी फुकाउन सकिन्छ भनेर छलफल भइरहेको छ । मन्त्रिपरिषद्ले नै यस’bout छिट्टै केही निर्णय गर्छ होला ।’

डा. पोखरेलका अनुसार विश्व स्वास्थ्य संगठनले ‘कोभिसिल्ड’ खोपलाई मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘कोभिसिल्ड’ले विश्व स्वास्थ्य संगठनको मान्यता पाएपछि विश्व बैंकलाई पनि सो खोप खरिद गर्नका लागि आवश्यक रकम निकासा गर्न कुनै अप्ठेरो हुने छैन । बिहीबार मात्रै विश्व स्वास्थ्य संगठनले अक्सफोर्डले विकास गरेको खोप प्रयोग गर्न अन्तरिम सिफारिम भने दिइसकेको छ ।

‘सबै प्रक्रियाहरु समय तालिका अनुसार नै गयो भने अबको दुई हप्ता जतिमा फेरि खोप नेपाल आउँछ,’ स्रोतले भन्यो, ‘दुई लटमा गरेर लाख खोप दिने प्रस्ताव सिरमको छ । हेर्दै जाउँ के हुन्छ ।’

उनका अनुसार विश्व स्वास्थ्य संगठनले कोभिसिल्डलाई आपतकालिन प्रयोगको मान्यता दिएमा त्यसको केही साता भित्रै कोभ्याक्स अन्तरगतको खोप पनि नेपाल आउने छ ।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएसँगै मन्त्रालयले पहिलो चरणको खोप अग्रपंक्तिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई माघ १४ गतेदेखि दिन थालेको थियो । माघ २४ गतेसम्म देशभर गरेर कुल १ लाख ८४ हजार ८५७ जनाले मात्रै खोप लगाएका थिए । त्यसपछि बाँकी भएको खोप माघ २६ गतेदेखि पत्रकार तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीहरुलाई दिँदैछ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.