नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ।नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि नेपाली रुपैंया १,११,१११(एक लाख एघार हजार एक सय एघार )हस्तान्तरण गरेको हो। फेब्रुअरी ८,२०२१का दिन नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले उक्त रकम केन्द्रका लेखापाल भुबन कार्किलाई हस्तान्तरण गरेका थिए।उक्त अबसरमा केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महसंघ कतारका पूर्ब अध्यक्ष गणेश प्रसाद बन्जाडे, सदस्य महेश्वर नेपाल लगाएतको उपस्थिती थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/02/2021
पत्रकार आपतकालीन अक्षयकोषका लागि कुवेत महासंघद्वारा आर्थिक सहयोग
Posted in प्रवासी समाचार
तेलको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, कठोर निर्णय गर्ने चेतावनी
२९ माघ, काठमाडौं । यातायात व्यवसायीहरुले पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको छन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न माग गरेका छन् । सरकारले त्यसो गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको भनाइ छ । सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । यसबाट आफूहरु पीडित बन्नुपरेको व्यवसायीको गुनासो छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो
२९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कांग्रेसका चुनौती र अवसर
तीर्थबहादुर थापा
शेरबहादुर देउवाले कार्यकर्ताको मनोबल उच्च तुल्याउन ‘क्लिन कांग्रेस’ मा रूपान्तरण गरिहाल्नुपर्छ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपालमा राजनीतिक तरलता देखा परेको छ। प्रधानमन्त्री ओलीले संवैधानिक मर्यादा भंग गरेर अलोकतान्त्रिक कदम चालेपछि विभिन्न राजनीतिक दल, कानुनविद् र नागरिक अभियन्ता यो गैरसंवैधानिक कदमविरुद्ध सडकमा उत्रिएका छन्। संसद् पुनस्र्थापना र विघटनका विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीले संविधानविपरीत निरंकुश शैलीबाट संसद् विघटन गरेको घटनालाई लिएर सर्वोच्च अदालतमा दर्जनौं रिट निवेदन परेका छन्। मुद्दा विचाराधीन रहेकै अवस्थामा मध्यावधि निर्वाचन मिति पनि आगामी २०७८ वैशाख १७ र २७ गते तोकिएको छ। निर्वाचन आयोग निर्वाचन प्रक्रियातिर क्रियाशील भइसकेको छ। नेकपा प्रचण्ड–माधव समूह, जसपा र नेपाली कांग्रेस आआफ्नै समूह लिएर संसद् पुनस्र्थापनाको माग गरिरहेका छन्। सडक तात्ने क्रम जारी छ। राजावादीहरू प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमप्रति भित्रभित्रै लड्डु फुटाइरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
महिलालाई विदेश जान पालिकाको सिफारिस !
संशोधन मस्यौदा गन्तव्य मुलुकमा आफन्त नभएका, पहिलो पटक अफ्रिकी र खाडी मुलुक जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलाले स्थानीय तहको सिफारिस र परिवारको मञ्जुरीनामा लिनुपर्ने
मातृका दाहाल
काठमाडौँ — अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि–२०६५ संशोधनको मस्यौदा तयार पारेको छ । गन्तव्य मुलुकमा आफन्त/नातागोता नभएका, पहिलो पटक अफ्रिकी र खाडी मुलुक जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने प्रावधान राखेर विभागले कार्यविधि संशोधन गर्न लागेको हो । विभागले संशोधनका लागि मस्यौदा एक साताअघि गृह मन्त्रालयमा पठाएको छ । संविधानमा उल्लिखित स्वतन्त्रता र समानतालगायत नागरिकका मौलिक हकसम्बन्धी प्रावधानकै प्रतिकूल हुने गरी विभागले महिलालाई विभेदकारी व्यवस्था गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
खोप खरिदका लागि विश्व बैंकको ८ अर्ब ७० करोड सहुलियत ऋण दिने
स्वरूप आचार्य
काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ । विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । ‘विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्नसक्ने छन्,’ उनले कान्तिपुरले लेखेको इमेलको जवाफ दिँदै भने ।जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार