Daily Archives: 10/02/2021

तेस्रो जनआन्दोलन’ केका लागि ?


सत्ता र सडकमा प्रदर्शन गरिरहेका दल/समूह जनआन्दोलनको उद्घोष गरिरहे पनि गन्तव्यमा स्पष्ट छैनन् ।
‘अहिले २०४६ या २०६२/६२ को जस्तो जनआन्दोलनको कुरा गर्ने बेला भइसकेको छैन । दलहरु सडकमा आउनु त उनीहरुको स्वार्थको लडाइँ मात्रै हो ।’
बिनु सुवेदी
काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले माघ २३ गते नारायणहिटी दरबार संग्रहालयको अघिल्तिरबाट तेस्रो जनआन्दोलन सुरुवात भएको घोषणा गरे । सडकमा शक्ति देखाउन पुगेको सरकारकै गृहमन्त्रीले तेस्रो जनआन्दोलनकै घोषणा गरेपछि आन्दोलन सत्तामा हुनेले गर्छ कि सडकमा हुनेले भन्नेमा नागरिक अलमलमा छन् । यसै पनि सडकमा सत्ताभित्र र बाहिर हुनेहरूको सरोबरी तामझाम छ । संविधान मिचेर सरकार अघि बढिरहेको भन्दै राज्यको बहुल पक्ष आन्दोलित भइरहँदा त्यही गणतन्त्र र संविधानको रक्षाका लागि तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गृहमन्त्री थापाले गरेका हुन् । ‘आज समग्र जनता गणतन्त्र र संविधान रक्षाका लागि फेरि आन्दोलित भएका छन्, आज वस्तुतः फेरि एउटा ऐतिहासिक जनआन्दोलनको सुरुवात भएको छ । लाखौं जनताको उपस्थितिले फेरि नेपालमा अर्को तेस्रो ऐतिहासिक जनआन्दोलन सुरु भएको छ भन्ने स्पष्ट गरेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्