काठमाडौँ — सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘मन्त्रिपरिषद् बैठकबाट पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्ट्याउने निर्णय भएको छ,’ उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/02/2021
पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
Posted in नेपाल समाचार
प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
प्रधानमन्त्रीका तर्फबाट ११ जनाले गरे बहस
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, महेश नेपाल, विष्णु भट्टराईसहित ११ जनाले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता खनालले सबैभन्दा ठूलो जनमतबाट चुनिएर आएको प्रधानमन्त्री भएको हुँदा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानु संवैधानिक भएको तर्क राखे। ‘प्रधानमन्त्री ठूलो जनमतबाट चुनिएर आएको व्यक्ति हो, पाँच वर्षका लागि काम गर्न पठाएको सरकारले काम गर्न पाएन’, उनले भने, ‘जनताको जनमतअनुसार काम गर्न नपाएपछि विघटन गरेर जनतामा पुनः निर्वाचनमा जान्छु भन्नु संवैधानिक कदम हो, त्यहाँ केही पनि गलत नियत देखिदैन।’ विश्वमा पनि त्यस्ता धेरै मुलुकमा प्रधानमन्त्रीलाई संवैधानिक रुपमा नै विघटन गर्ने अधिकार भएको तर्क राखे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भागरथी हत्याको पोस्टमार्टम रिपोर्ट भन्छ- ‘बलात्कारपछि घाँटी थिचिएको थियो’
तृप्ति शाही
बैतडी — दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको हो । प्रहरीका अनुसार अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि बीभत्स तरिकाले हत्या गरिएको, टाउको, खुट्टा, हातमा चोट लागेको, मुख र योनिबाट रगत बगेको उल्लेख छ । बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टमबाट देखिएको बताए । घिसारेको र शरीरमा घाउ पनि देखिएको उनले जनाए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, दु:खद समाचार