Daily Archives: 04/02/2021

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड


२३ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यस’bout जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आयोगले माग्यो ७ अर्ब


चुनावका बेला कोभिड–१९ को सुरक्षा सतर्कतामा ३७ करोड ४१ लाख ७४ हजार रूपैयाँ खर्च हुने अनुमान
राजेश मिश्र
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । आयोगले निर्वाचन प्रयोजनमा हुने विभिन्न खर्च शीर्षक विश्लेषण गरी बजेट अनुमान निकालेर बुधबार अर्थलाई पत्र पठाएको हो ।

२०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आयोगले गरेको खर्चको तुलनामा अहिले माग गरिएको रकम ८४ करोडले कम छ । अघिल्लो निर्वाचनमा आयोगबाट ७ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको थियो । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचन खर्चलाई सक्दो मितव्ययी बनाउने बजेट अनुमान तयार गरिएको बताए । उनले अघिल्लो निर्वाचनमा प्रयोग भएका मतपेटिका, सवारीसाधन र अन्य उपकरणमध्ये मर्मत गर्न सकिनेलाई प्रयोगमा ल्याउने नीति लिइएको उल्लेख गरे । पढ्नेक्रम जारी राख्नुहोस्