तुलसी सुवेदी
काठमाडौं : कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/02/2021
महामारीमै उडे ६२ हजार कामदार
Posted in नेपाल समाचार
संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी
कृष्ण ज्ञवाली
काठमाडौँ — सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ । संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गर्ने तयारी गरेको हो । यसमा गत आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पत्र पठाएर विमति राखिसकेका छन् । ‘४५ दिनमा अनुमोदन नभएमा नियुक्तिका लागि बाधा पर्दैन भन्ने कानुनी व्यवस्था छ । सिफारिस पत्राचार भएको मिति पुस ५ ले गणना गर्दा मंगलबार ४५ दिन कटिसकेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः बुधबार वा बिहीबार परिषद्का सचिवसमेत रहेका मुख्यसचिवले नियुक्तिका लागि पत्राचार गर्नु हुनेछ । अनि राष्ट्रपति कार्यालयमा हुने समारोहमा शपथग्रहण गराई नियुक्त गर्ने योजना छ ।’ सिफारिस भएका ४५ जना भनिए पनि परिषद्ले गत पुस ५ गते ३८ जनाको नाम संघीय संसद् सचिवालयमा पठाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार