यम विरही
काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा ७६ (१) अनुरूप गठित सरकारको शक्तिशाली प्रधानमन्त्री खुम्चिएर बस्न नसक्ने जिकिर संवैधानिक इजलाससमक्ष गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी सोमबार महान्यायाधिवक्ता खरेलले गरेका हुन्। खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै शक्तिशाली हुने भएकाले ऊसँग विघटनको विशेषाधिकार हुने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार बहस गर्दै खरेलले यस्तो भनाइ राखेका हुन्। ‘कमजोरले विघटन गर्न सक्छ, बलियोले गर्न सक्दैन, तिमीले बहुमत पायौ, त्यसैले खुम्चिएर बस भन्न मिल्छ ?’, खरेलले इजलासको जिज्ञासा मेटाउने क्रममा भने। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/02/2021
‘शक्तिशाली प्रधानमन्त्रीले विघटन गर्न पाउँछ’
Posted in नेपाल समाचार
निर्वाचन आयोग पुगे दाहाल–नेपाल, पार्टी र चिह्न दाबी गर्ने
काठमाडौँ — पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह मंगलबार निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार