काठमाडौं : नेपालमा आइतबारसम्म ८८ हजार बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा ८८ हजार ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकीमा १२ हजार ३११, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा पाँच हजार ५५६ र सुदूरपश्चिममा ६ हजार ८७७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/02/2021
नेपालमा ८८ हजार बढीले लगाए कोरोनाविरुद्ध खोप
Posted in नेपाल समाचार
बर्मामा सैन्य ‘कू’ : आङ सान सू की र राष्ट्रपतिसहित अन्य नेताहरु गिरफ्तार
म्यानमार : बर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू की र राष्ट्रपति विन मिन्टसहित अन्य नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार