१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थिति’bout छलफल गर्दैछ । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरण’bout चासो बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: फ्रेवुअरी 2021
प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ
Posted in नेपाल समाचार
अहम्को अवसान
राजनीतिक जीवन सुरू गरेको चार दशकपछि पार्टीको नेतृत्वमा पुगेका ओलीले पछिल्ला सात वर्षमा जति उचाइ लिए, ओरालो लाग्नेक्रम त्योभन्दा छिटो भयो । त्यसको प्रस्थान बिन्दु प्रतिनिधिसभा विघटनसम्बन्धी असंवैधानिक निर्णय नै हो, त्यसको पटाक्षेप मंगलबार भयो ।
बिनु सुवेदी
काठमाडौँ — सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटार गुल्जार थियो । प्रधानमन्त्री केपी शर्मा ओली ७० वर्ष लागेको उपलक्ष्यमा सांगीतिक कार्यक्रमसहित उनका निकटस्थ, केही मन्त्री र परिवारका सदस्यले भव्य समारोह गरिरहेका थिए । २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीको बालुवाटारभित्र यो चौथो जन्मोत्सव हो, सम्भवतः प्रधानमन्त्रीको यही कार्यकालको अन्तिम पनि । ‘फैसला सुनिसकेपछि पनि उहाँ (ओली) को भावमा कुनै परिवर्तन आएन,’ एक मन्त्रीले राति ९ बजेतिर कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीज्यू हामीसँगै जन्मोत्सव मनाइरहनुभएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मेलम्ची सुरुङको परीक्षण आज, आपतकालीन उद्धारका लागि हेलिकोप्टरसहित उच्च सतर्कता
काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो। आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ। खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल पत्रकार महासंघ युरोपको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न
लण्डन । नेपाल पत्रकार महासंघ युरोपको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार भरर्चुअल मार्फत भएको अधिवेशनले ७ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रमा नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
विप्लव वार्तामा बस्न तयार
रामकृष्ण अधिकारी
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको छ। विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका हुन्। विप्लवका नेताले अनौपचारिक संवादका क्रममा वार्ता गर्न प्रतिबन्ध हटाइनुपर्ने, बन्दी नेता–कार्यकर्ता रिहाइ गरिनुपर्ने, औपचारिक पत्र पठाइनुपर्ने पूर्वसर्त राखेका थिए। सरकारले पूर्वसर्तमा लचिलो हुने संकेत देखाएपछि औपचारिक वार्ताको वातावरण बन्न लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
निर्वाचन आयोग जहाँको त्यहीं
न नेकपा विवाद सल्टियो, न चुनावी तयारी
राजेश मिश्र
काठमाडौँ — नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचनको तयारीका लागि १ सय २० दिनको समय कानुनले नै तोकेको छ । निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले योबीचको समयलाई उपयोग गर्न नसकेको हो । प्रारम्भमै टुंगिनुपर्ने मतदान केन्द्र र मतदाता नामावली समेत तयार भइसकेको छैन । आयोगले भने चुनाव घोषणा भएलगत्तै त्यस विषयमा काम थालिसकेको जनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार