Monthly Archives: जनवरी 2021

नेकपाका दुवै समूहले पाएनन् मान्यता


सुरेन्द्र काफ्ले
काठमाडौं : निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिन अस्वीकार गरेको छ। आयोगको आइतबार बसेको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो। ओली समूह र दाहाल–नेपाल दुवै समूहले गरेको छुट्टाछुट्टै मागदाबीलाई आयोगले अस्वीकार गरेको छ।  ‘नेकपाको विवरणमा परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने देखिएन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। प्रवक्ता श्रेष्ठले साविककै विवरण कायम हुने जानकारी दुवै अध्यक्षलाई दिने निर्णय आयोग बैठकले गरेको जानकारी दिए। दुवै समूहको दाबी नपुगेको निष्कर्ष आयोगले निकालेको छ। प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष हो। पढ्नेक्रम जारी राख्नुहोस्

ओलीविरुद्ध अदालतको अवहेलना निवेदन


बारलगायतले गरे प्रधानमन्त्रीका अभिव्यक्तिको निन्दा
काठमाडौँ — कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यको उक्त निवेदन सर्वोच्च अदालतले समय अभावको कारण देखाई आइतबार दर्ता गरेन । अदालत प्रशासनले सोमबार निवेदन दर्ता नगरे कारण खुलाई अस्वीकृत गर्नुपर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर ‘बाझाबाझ’


काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका ’boutमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।
श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यस’bout बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे । पढ्नेक्रम जारी राख्नुहोस्

को हुन् बाइडन


डिल्लीराज उपाध्याय
जोसेफ रबिनेट बाइडन जुनियर संयुक्त राज्य अमेरिकाका ४६ औँ राष्ट्रपति हुन्। २० नोभेम्बर १९४२ मा जन्मिएका उनले डोनल्ड ट्रम्पलाई हराएका थिए। बुधबार नेपाली समयानुसार राति १०ः१५ बजे अमेरिकी राष्ट्रपतिको शपथ आरम्भ भएको थियो। मुख्य न्यायाधीश जन रबर्ट्सले उनलाई क्यापिटल हलको वेस्ट फ्रन्टमा शपथ गराएका थिए। ७९ वर्षीय बाइडन निकै प्रौढ उमेरमा अमेरिकी राष्ट्रपति विजयी भएका हुन्। अमेरिकी इतिहासमा बाइडन नै सबैभन्दा वृद्ध उमेरमा राष्ट्रपति बन्न पुगेका छन्। उनी १६० वर्षअगाडि पनि पाको उमेरका अब्राहम लिंकन अमेरिकी राष्ट्रपति बनेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो


काठमाडौँ — भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्‍डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले इकान्तिपुरलाई जानकारी दिए । उनका अनुसार मुम्बईबाट काठमाडौं सीधा उडान नभएकाले दिल्ली हुँदै खोप ल्याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष


यो प्रकरणमा २०४९ देखि २०६९ सालसम्म के–कस्ता अपराध र जालसाजी गरिए भन्ने मजबुत खालका यथेष्ट तथ्य र प्रमाण जुटाएका छौं । – डीआईजी सहकुल थापा, प्रमुख – सीआईबी
मातृका दाहाल
काठमाडौँ — नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २ गते गृह मन्त्रालयअन्तर्गत समरजंग कम्पनीले दिएको ठगी र किर्तेसम्बन्धी जाहेरीका आधारमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ सय ४३ रोपनी जग्गा हिनामिना प्रकरणमा तत्कालीन खरिदारदेखि मुख्यसचिवसम्मका डेढ सय कर्मचारीसहित पूर्वमन्त्री, ललिता निवासका तत्कालीन भोगाधिकारी, व्यापारी र भूमाफियालाई प्रतिवादी बनाएर किर्ते अभियोगमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । अख्तियारले पनि यही प्रकरणमा १ सय ७५ प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्