काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/01/2021
कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा. राजभण्डारीले लगाए
Posted in नेपाल समाचार
प्रधानन्यायाधीशका प्रश्नै-प्रश्न
कानुन व्यवसायी भन्छन्– ‘इजलासमा बस्ने न्यायाधीशले आफ्नो मनमा राखेको दृष्टिकोणलाई स्थापित हुने गरी बारम्बार उही प्रश्न गरे तटस्थताको साटो पूर्वाग्रह हो कि भन्ने आशंका उब्जिन्छ ।’
कृष्ण ज्ञवाली
काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सोमबार अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका थिए । इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बीचमै रोकेर प्रश्न गरे, ‘संविधानको धारा ७६ मा विभिन्न विकल्प छन् भनेर तपाईंहरूले धेरै भन्नुभयो । हिजो (२०४७ सालको संविधान) को व्यवस्थामा सोझै भंग गर्ने भनेको रहेछ । अहिले पनि ७६ को उपधारा ७ लाई त्यसैको विकल्पमा भनेको हो कि ?’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार