Daily Archives: 18/01/2021

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?


कमलदेव भट्टराई
५ माघ, काठमाडौं । यतिबेला राजनीतिक वृत्तमा चर्चा छ, भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अनेक कोसिसका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन भेट दिएनन् ?भारतको विदेशमन्त्री, सचिव र खुफिया एजेन्सी प्रमुखले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिसँग सहजै भेट पाउने तर नेपालको परराष्ट्रमन्त्रीले शिष्टाचार भेटसमेत किन पाएनन् ? राजनीतिक दलका नेतादेखि, विज्ञ र सर्वसाधारणले समेत यतिबेला यी प्रश्न गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

महामारीको एक वर्ष : कोरोना ‘न्यु नर्मल’, जोखिम उस्तै


आइतबार संक्रमण पुष्टि भएकामध्ये उपत्यकामा मात्रै ६६.५४ प्रतिशत, दिनहुँ ५ जनाभन्दा बढीको मृत्यु
मकर श्रेष्ठ
काठमाडौँ — शोभानसिंह सिलवालले आइतबार १० महिनापछि विद्यालयमै कक्षा लिए । घरभित्रै मोबाइलको स्क्रिन हेरेर पढ्दा गुम्सिएका उनी विद्यालय खुलेपछि खुसी छन् । कक्षा २ को अन्तिम परीक्षा दिएपछि २०७६ चैत ५ मा बन्द भएको विद्यालयमा उनले कक्षा ३ को आखिरी समयतिर कक्षाकोठा छिर्न पाएका हुन् । शोभानसिंह आइतबार मास्क लगाएर आमा सुजनाको हात समाउँदै विद्यालय पुगेका थिए । विद्यालयको मूल ढोकाकै सुरक्षागार्डले ‘थर्मल गन’ ले तापक्रम नाप्दा सामान्य देखिएपछि उनी भित्र छिरे । लगत्तै साबुनपानीले हात धोए । पढ्नेक्रम जारी राख्नुहोस्