Daily Archives: 12/01/2021

मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय


हरि अधिकारी
२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको हो । आइतबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो । निलम्बनको जानकारी आइतबार नै प्रदेशसभामा आएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको नीति तटस्थता, हामी कोहीविरुद्ध कार्ड खेल्दैनौं : प्रधानमन्‍त्री


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए। ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं। नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा लागि दुवै मुलुक भरोसायोग्य मित्र हुन्। नेपाल सन्तुलित र तटस्थताको नीतिमा विश्वास गर्छ।’ प्रधानमन्त्री ओलीले नेपाली भूमि एक अर्का मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारे। पढ्नेक्रम जारी राख्नुहोस्