Daily Archives: 10/01/2021

ओलीको प्रश्न : मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?


‘सूर्य चिह्न मेरो भन्न प्रचण्डलाई लाज हुँदैन’
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आफूलाई कहाँबाट निष्कासित गरेको भनेर सोधेका छन् । शनिबार राजधानीमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रश्न गरेका हुन् । ‘उहाँहरुले मलाई निकाल्नुभयो रे ! म सोध्न चाहन्छु, मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?’, ओलीले प्रश्न गर्दै भने । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसमा दुई धार : निर्वाचन कि पुनःस्थापना ?


सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् : देउवा
संविधान भत्काइँदा बेवास्ता गर्न मिल्दैन : पौडेल
कुलचन्द्र न्यौपाने
काठमाडौँ — अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भनेर प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने पार्टीका नेताहरूलाई सचेत गराउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको पक्षमा अभिव्यक्ति दिएका छन् । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेमा सबै राजनीतिक दलले भाग लिने दाबी गर्दै देउवाले कार्यकर्तालाई चुनावी मैदानमा उत्रन आग्रह गरे । ‘प्रधानमन्त्रीको पार्टी चुनावमा जाने, हामी घरमै बसेर काम छैन,’ शनिबार काठमाडौं क्षेत्र नं. ५ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अदालतले जे फैसला गर्छ, हामी स्वीकार गर्छौं । अदालतले जनतामा जाने फैसला लिए के बिग्रियो त ? सर्वोच्चभन्दा जनता नै ठूलो अदालत हो । चुनावमा जाने निर्णय आयो भने कांग्रेस भाग्न हुन्न ।’ पढ्नेक्रम जारी राख्नुहोस्