Monthly Archives: जनवरी 2021

दिन्छु भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे


राजेश घिमिरे

भरतपुर महानगरपालिका-१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ। डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’। पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको दौडधूप : ‘सत्ताको आयु बढाउने रणनीति’


बबिता शर्मा
काठमाडौँ — संसद् विघटनपछि राजनीतिक, संवैधानिक र कानुनी दबाबको सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप थप बढेको देखिन्छ । उनका गतिविधिसँगै अभिव्यक्तिहरूमा पनि उस्तै तीव्रता छ । राजनीतिक दल, पूर्वप्रधानन्यायाधीश, कानुनविद्, नागरिक समाज र बुद्धिजीवीसम्मले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहँदा उनी त्यसलाई ‘प्रधानमन्त्रीको विशेषाधिकार र राजनीतिक निर्णय’ भन्दै तर्क पेस गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा (प्रचण्ड-माधव समूह)ले आज बुटवलमा विरोध सभा गर्दै


१५ माघ, रूपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो । दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा. राजभण्डारीले लगाए


काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानन्यायाधीशका प्रश्‍नै-प्रश्‍न


कानुन व्यवसायी भन्छन्– ‘इजलासमा बस्ने न्यायाधीशले आफ्नो मनमा राखेको दृष्टिकोणलाई स्थापित हुने गरी बारम्बार उही प्रश्न गरे तटस्थताको साटो पूर्वाग्रह हो कि भन्ने आशंका उब्जिन्छ ।’
कृष्ण ज्ञवाली
काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सोमबार अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका थिए । इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बीचमै रोकेर प्रश्न गरे, ‘संविधानको धारा ७६ मा विभिन्न विकल्प छन् भनेर तपाईंहरूले धेरै भन्नुभयो । हिजो (२०४७ सालको संविधान) को व्यवस्थामा सोझै भंग गर्ने भनेको रहेछ । अहिले पनि ७६ को उपधारा ७ लाई त्यसैको विकल्पमा भनेको हो कि ?’ पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आयोगको निर्णयले नेकपामा तरंग


ओली पक्ष उत्साहित, दाहाल–नेपाल सशंकित, दुवै पक्षको आ–आफ्नै रणनीति
बिनु सुवेदी
काठमाडौँ — निर्वाचन आयोगले नेकपाको विधानअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको निर्णय गरिदिएपछि नेकपाको समस्या अर्को चरणमा प्रवेश गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ (६) बमोजिम दलको साविक विवरण कायम रहेको जानकारी सोमबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ । आयोगले आइतबार गरेको निर्णयको औपचारिक जानकारी सोमबार दिएसँगै नेकपाभित्रको विवाद थप जटिल बनेको छ । पुस ५ अघि नेकपामा कुनै पनि विवाद नरहेको निष्कर्षसहित आयोगले त्यसयताका दुवै पक्षका बैठक र निर्णयलाई अवैधानिक भन्दै अध्यक्षद्वयको निर्देशनमा महासचिवले बोलाउने बैठकमात्रै आधिकारिक हुने तर्क गरेको छ । आयोगले यी तर्कसहित २८ पृष्ठको निर्णयपत्र पठाएपछि नेकपाको दुवै पक्ष फरक–फरक रणनीतिमा लागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्