दाहालको दुर्योधनपथ


दयालबहादुर शाही
छेपारोले रंग फेरजस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि विचारको फेसन, बोली र बचनको बेठेगान अनौठो कुरा होइन। नौलो जनवाद, माओवाद, मालेमावाद, प्रचण्डपथ, एक्काइसौं शताब्दीको जनवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवादमाथि मुलाको मुरलीझैं मनलागे बजाउने, मनलागे चपाउने प्रचण्ड रबैया रहँदै आयो। विशेष गरी प्रचण्डपथ प्रचण्डको विचार भए पनि व्यवहार भने दुर्योधनपथ हो। हस्तिनापुरको उत्तराधिकारका हकदार भए पनि खाण्डव वनलाई गुल्जार गरेर सुखले बसेका पाण्डवहरूको उठिबास लगाउने असहिष्णुता, अहंकार, अदूरदर्शिता, अनैतिकता र अधैर्यको एकमुष्ट झटारोको रूपमा हितैसीहरूको महासागरसँगै पतनको मुखमा पुगेको दुर्योधन हिँडेकै बाटोमा प्रचण्ड हिँडेको तीन दशक नाघिसकेको छ।

बिग्रियो मंंगले आफ्नै ढंगले शैलीमा संसारबाट ओढारको हकदार हुँदै आएका कम्युनिष्टहरूलाई राजकीय भण्डारको हकदार बनाउने कला, संस्कार र जनाधार जनताको बहुदलीय जनवादले दियो। मदन भण्डारीले दिएको यो दृष्टिकोण र देन त्यसै पनि प्रचण्डलाई रुचेको र पचेको थिएन। २०५१ मा जनता जनाद्र्धनको सह्राहनीय साथ र समर्थनले एमालेले नौ महिने सरकार चलाएपछि त प्रचण्ड छटपटी र गडबडी चरमचुलीमा पुग्यो। चुलिएको महत्वाकांक्षा धरापमा परेपछि एमालेका बिरुद्ध प्रचण्डले गरेका षडयन्त्र र जठजोड पानीरङको माधवकालीन एमालेले थाह पाउन सकेन भने खनाल त सुडेनी नै बनेको बिगत छ। एमालेको शक्ति ऐठन पार्न दरबार र कांग्रेसको अल्पकालिक रूपमा र दिल्लीको सदावहार रूपमा ताबेदारी र चरणचुम्बन गर्न प्रचण्डलाई लाजघिन लागेन।

दुर्याेधनले कहिलै पनि पाण्डवहरूको प्रगति, प्रतिभा, इमानदारिता र महानायकीय गुणलाई देख्न सकेन। गरेको उद्धार र उपकारलाई ग्रहण गर्नुको सट्टा अपमानित भएर आत्महत्याको प्रयास गर्दा कर्णले रोक्नु परेको थियो। पाण्डवहरुका विरुद्ध लबिङ गर्दै संसारभरका खलनायकहरू जम्मा पार्नमा दुर्योधन पारंगत थियो र यही उल्टो यात्रामा उसको सिंगो जीवन बित्यो। सकारात्मक सुझाव र रचनात्मक सहयोग दुर्योधनलाई रुच्दैन थियो। बहुदलीय जनवादीहरूको उपकार र उद्धारमा बाँच्नुभन्दा राजनीतिक आत्महत्यातिरको प्रचण्डको यात्रा दुर्योधनपथका अभिन्न पाटा हुन्।

बहुदलीय जनवादीहरू

बीरबलले तातो दूध खुवाएर दूध देख्दा तर्सने बिरालो जस्तै प्रचण्डलाई विचार त्यसमा पनि जबज शब्द सुन्नेबित्तिकै अपच हुने देखेरै जबज स्थगन गरिएको थियो। राज्यले गाल्न र सेनाले ढाल्न नसकेका प्रचण्डको महत्वाकांक्षालाई बहुदलीय जनवादीहरूले कडा टक्कर दिँदै आए। त्यसैले जबज शब्द सुन्नु नपरे पनि बहुदलीय जनवादीबाट प्रचण्डको निदहराम हुन छाडेन। कहिलै बज्रभन्दा कडा भएर त कहिलै कमलभन्दा कोमल भएर बहुदलीय जनवादीहरूले प्रचण्डलाई टक्कर र उद्धारका माध्यमबाट तल पार्दै आए। मिल्न खोजे नौनीको डल्लो हुने चिल्न खोजे बिच्छीको चल्लो हुने बहुदलीय जनवादी निष्ठा र कला देखेर प्रचण्डलाई भम्भती पोल्छ। तरबारसामु घाँटी, बन्दुकसामु छाती थाप्नुदेखि लडेर, लेखेर, वैचारिक संघर्ष छेडेर, संगठन, समीकरण, प्रचार युद्ध, सुशासन, जनताको सुखदुःखदेखि शासकीय सुझबझसम्म हरहिसाबले प्रचण्ड स्ककुलिंङ भन्दा बहुदलीय जनवादी स्कुलिंङ अब्बल देखेपछि सीप नचल्ने देखेरै प्रचण्डको कलापूर्ण पलायन भएको छ।

नागमती प्रवृत्ति

केपी ओलीको देशभक्तिलाई, लिम्पियाधुरामाथिको तर्कपूर्ण र तथ्यपूर्ण हक दाबीसहितको ओलीकदमलाई छिमेकीसँगको सम्बन्ध बिगार्ने हर्कत भन्दै प्रचण्डले समन्धबिच्छेदको बाटो रोजेपछि नेकपा विभाजन भएको छ। प्रचण्डको लान्छना सञ्जय लिला भन्साली भन्सालीको पद्मावती फिल्ममा रानी पद्मावतीकी सौता एवंं महारावल रतनसिंह प्रथम पत्नी नागमती जस्तै रहेको छ। दिल्लीका सुल्तान अलाउद्दिन खाल्जीले रानी पद्मावतीको रूपमा मोहित भएर उनलाई पाउनको निम्ति चितौडमाथि हमला गर्छन्। नागमतीको सौतेनी चित्त छचल्किँदै बोल्छ– ‘पद्मावती, चितौडको यस महासंकट दोष तिमी र तिम्रो सुन्दरतामाथि जान्छ। तिम्रो सुन्दरता खराब छ।’

केपी ओलीको राष्ट्रवादलाई अपराधका रूपमा चित्रण गरेर नेपाली जनताको चेतना, देशभक्ति, विवेक र सर्वाेच्चतासँग जिस्कने बिनाशकाले विपरीत बुद्धिले टाउको उठाएको छ यतिबेला।
पद्मावतीको जवाफ हुन्छ– ‘खराबी मेरो र मेरो सुन्दरताको होइन बरु खराबी सुल्तान अलाउद्दिनको खराब नजर र खराब नियतको हो।’ ओलीको देशभक्तिमा खराबी देख्ने प्रचण्डको समस्या नागमती प्रवृत्तिको निरन्तरता हो।

नेपाल–दाहाल एलायन्स (एनडीए)

प्रधानमन्त्री ओलीमाथि अहिले देशभक्ति महँगो पर्न गएको छ। लिम्पियाधुरामाथिको हकदाबीको प्रतिवादमा दक्षिण एसियाको महाशक्तिले नेकपाभित्रै नेशनल डेमोव्रmेटिक एलायन्स एनडीएको शाखा बिस्तार गरेर नेपाल–दाहाल एलायन्स (एनडीए) खडा गरेको छ। ओलीलाई एक्काइसौं शताब्दीको भीम मल्ल र भीमसेन थापा बनाउनु बिस्तारित एनडीएको मक्सद हो। पार्टी डुबेको र पुत्रशोकमा डुबेको प्रचण्डलाई त्राण दिनु, माधव नेपालको गुट सुकाउनु, दोस्रो पटक मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभसँगै देशको सौभाग्य फर्काउनु र लिम्पियाधुरासम्मको नक्सा छाप्ने आँट गर्नुलाई ओलीका अपराधका रूपमा चित्रण गरेर नेपाली जनताको चेतना, देशभक्ति, विवेक र सर्वाेच्चतासँग जिस्कने बिनाशकाले विपरीत बुद्धिले टाउको उठाएको छ।

आफ्नै खुट्टामा बन्चरो

व्यक्तिरुपि कच्चा पदार्थलाई महानायक बनाउने कारखाना धैर्य हो भने खलनायक बनाउने कारखाना उसको आफ्नै अधैर्य हो। प्रचण्डले डेढ वर्ष मात्र धैर्य गरेको भए डेढ दशकसम्म देश दास बन्ने खतरा थियो। तात्तै खाऔं, जल्दी मरौंको प्रचण्ड हतारोले देशको दुर्भाग्य टरेको छ र त्यो दुर्भाग्य अधैर्यका उपासकतिरै सरेको छ। यसरी सीताको अपहरण रमाउने रावण, द्रौपदी चीरहरणमा आनन्द उठाउने दुर्योधनपछि एमालेको सर्वस्वहरणलाई अर्जुनदृष्टिमा राख्ने दाहालको अधैर्य युगदेखि युगसम्म आफ्नै खुट्टामा बन्चरो साबित हुँदैछ। (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.